काठमाडौं- लेखक-समालोचक महेश पौड्याल नयाँ गीतमार्फत आएका छन्। उनको रचना रहेको 'सागरसम्म लम्क'को म्युजिक भिडियो सार्वजनिक भएको छ।
_x000D_
_x000D_
घर छोडेर हिँडेका सन्तानलाई घर फर्कन उनले गीतमार्फत अपिल गरेका छन्। 'गाउँको घरमा एक्लै छोडिएका बाआमाको दृष्टिविन्दुबाट गीत लेखेको हुँ,' गीतकार पौड्यालले भने। गीतमा सहर पसेर घर बिर्सने सन्तानलाई घरको तथा उमेर ढल्कँदै गरेका बाआमाको याद आउँछ कि आउँदैन भनेर प्रश्न गरिएको छ।
_x000D_
_x000D_
सुरेश लामाको स्वर रहेको गीतमा दिनेश पौड्यालको संगीत भरेका छन्। देवेन्द्र नेवाले सङ्गीत संयोजन रहेको भिडियोलाई अनिल खतिवडाले निर्देशन गरेका हुन्। भिडियोमा विक्रम सापकोटा मुख्य अभिनेता छन्। गीतकार स्वयं पनि अभिनयमा देखापरेका छन्।
_x000D_
_x000D_
भिडियो
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।