काठमाडौं– तिहारका बेला काठमाडौं उपत्यकाभित्र आपराधिक क्रियाकलापका घटनामा कमी आएको छ।
_x000D_
_x000D_
महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार कात्तिक महिनाको दोस्रो हप्तामा उपत्यकाका तीन जिल्लामा ८२ मुद्दा दर्ता भएका थिए। तेस्रो हप्ता अर्थात् तिहारको समयमा जम्मा ५३ वटा मुद्दा दर्ता भएका छन्।
_x000D_
_x000D_
यसपालि उपत्यकामा ७ हजारभन्दा बढी प्रहरी खटाइएकाले शान्तिसुरक्षा मजबुद भएको उनको दाबी छ। सो अवधिमा आपराधिक घटनामा पक्राउ परेका ६ सय ७३ जनामध्ये ८६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। अन्यलाई भने चेतावनी दिएर आवश्यक कारबाही गरी छाडिएको थापाले जानकारी दिए।
_x000D_
_x000D_
यसपटक तिहारमा सवारी दुर्घटनाका घटनामा समेत कमी आएको छ। विशेष रणनीतिका साथ प्रहरीलाई परिचालन गरिएकाले पनि धेरै घटना हुन नपाएको थापाले बताए। ट्राफिक नियम उल्लङ्घनतर्फ ४ हजार ४ सय ९४ जनालाई कारबाही गरिएको छ। यसमा ९ सय ७९ जनालाई मापसे विरुद्धको कारबाही गरिएको उनले बताए।
_x000D_
_x000D_
तिहारको अवधिमा अपराध महाशाखाको टोलीले ३० लाख रुपैयाँ र काठमाडौं प्रहरीले १० लाख रुपैयाँसहित विभिन्न क्षेत्रमा गरेर कूल ४५ लाख रुपैयाँ बराबरको पटाका बरामद गरी नष्ट गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।