काठमाडौं– विभिन्न राजनीतिक दलका नेताहरुले केही दिनअघि मात्रै निधन भएका मानवअधिकारवादी नेता पदमरत्न तुलाधरले नेपालको राजनीतिक, सामाजिक–सांस्कृतिक तथा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका छन्।
_x000D_
_x000D_
नेपाल शान्ति प्रतिष्ठानले आइतबार तुलाधरको स्मृतिमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावललगायतका नेताहरुले तुलाधरले नेपालको राजनीतिक परिवर्तन, मानव अधिकारको प्रवद्र्धन र भाषा संस्कृतिको जगेर्नाका लागि पु¥याएको भएको योगदानको स्मरण गरे।
_x000D_
_x000D_
कांग्रेस उपसभापति निधीले तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तुलाधरलाई नेपाल र नेपालीले कहिल्यै बिर्सन नसक्ने बताए। उनले नेपालको सांस्कृतिक तथा भाषिक आन्दोलनमा पनि तुलाधरले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरे।
_x000D_
_x000D_
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले तुलाधरलाई निष्ठावान, देशभक्त बामपन्थी नेताको रुपमा स्मरण गरे। उनले तुलाधरसँगको सहकार्यका दिनहरुको स्मरण गर्दैै त्यसले नेपालको बाम प्रजातान्त्रिक आन्दोलनलाई उर्जा दिएको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
नेता रावलले तुलाधरले नेपालको मानव अधिकार संरक्षणको क्षेत्रमा पनि अतुलनीय योगदान दिएको उल्लेख गरे।
_x000D_
_x000D_
स्वास्थ्य मन्त्रीको रुपमा समेत जनपक्षीय काम गरेका तथा नेपालको बाम प्रजातान्त्रिक आन्दोलनका एक अगुवा तुलाधरको मस्तिष्कघातका कारण गत आइतबार निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।