काठमाडौं- राष्ट्रिय जनता पार्टी, नेपालले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।
_x000D_
_x000D_
पार्टीका महासचिव मनिष सुमनले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधान संशोधन नगरेको, संघीयता कार्यान्वयन र सुशासनतर्फ ध्यान नदिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन लागिएको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
'छठ लगत्तै बस्ने पार्टी केन्द्रीय कार्य समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी पार्टीले गरेको छ।' महासचिव सुमनको भनाइ छ।
_x000D_
_x000D_
महासचिव सुमनले भारत, चीन, अमेरिकाको भ्रमण गर्दैमा मुलुकलाई अघि बढाउन नसकिने भन्दै प्रधानमन्त्री केपी ओलीको पनि चर्को आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।