काठमाडौं– कमल थापासँग अलग भएको पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पुराना नेता किशोरबहादुर कार्कीलाई प्रवक्तामा चयन गरेको छ।
कार्की सर्लाही २ का स्थायी बासिन्दा हुन्। पहिलो संविधानसभामा सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचन लडेका उनी एमालेका रिजवान अन्सारीसँग पराजित भएका थिए।
स्वर्गीय सूर्यबहादुर थापा निकट मानिने कार्की राप्रपाका पुराना नेता हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।