चिप्लेढुङ्गा- जर्मन नागरिक म्यारिक शिरमा ढाका टोपी र गलामा सयपत्रीमाला अनि शिरमा ढाका टोपीमा सजिएका थिए। उनी निकै प्रसन्न देखिन्थे। सायद उनले मनभित्रको खुशी शब्दमा व्यक्त गर्न सकेका थिएनन् । जीवनमा पहिलोपटक ढाका टोपी र सयपत्रीको मालामा सजिएर भाइटीका लगाएका उनले मात्रै यति भने, “मलाई निकै रमाइलो लागेको छ।
_x000D_
_x000D_
टोपी, माला अनि टीकाले मलाई राम्रो देखिएको छ । यो क्षण म जीवनमा कहिल्यै भुल्न सक्दिन।”
_x000D_
_x000D_
इजरायली नागरिक नेप्चेनले पनि निधारमा भाइटीका लगाउन पाउँदा निकै खुशी लागेको बताए । “दिदीबहिनीले टीका लगाएर ढाका टोपी लगाउँदा निकै खुशी लागेको छ” संस्कार र संस्कृतिले सम्पन्न देशमा आएर बहिनी बनाउन पाउँदा निकै खुशी लागेको उनको प्रतिक्रिया थियो । पहिलोपटक नेपाल आएका उनीहरुका लागि तिहार पर्व नौलो मात्र लागेन, अविस्मरणीय क्षण बन्न पुग्यो।
_x000D_
_x000D_
चौथोपटक भाइटीका लगाएकी नेदरल्याण्डकी हिल्लटेजि भन् मिक्करिन भाइटीकाले आफूलाई नेपालप्रतिको मायामा झनै प्रगाढ बनाएको प्रतिक्रिया दिइन् । टीकाको समय कुरेर बसेकी उनी केही दिनमै स्वदेश फर्कने पनि बताइन् । “यो पर्व वास्तवमा दुई देशका नागरिकबीच सम्बन्धलाई स्थापित गराएको छ । मैले चौथो पटक टीका लगाउँदै छु।” उनले सम्भव भएसम्म हरेक वर्ष टीका लगाउन नेपाल आउने चाहना प्रकट गरिन्।
_x000D_
_x000D_
बाह्र वर्षदेखि पश्चिमाञ्चल होटल सङ्घले लेकसाइडमा भाइटीका महोत्सवको गर्दै आएको छ। स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हान पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
_x000D_
_x000D_
उहाँले नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए। तुलाचनले भने , ‘‘यो पर्व धर्मसँग भन्दा पनि सद्भावसँग जोडिएको छ।’’
_x000D_
_x000D_
कार्यक्रम निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको सङ्घका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पार्वती पाण्डेले जानकारी दिए। उनले भने “भाइटीकाकै दिन अपराह्न २ बजेबाट शुरु भएको भाइटीका कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।”
_x000D_
_x000D_
नेपाली परम्पराअनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्दै सेलरोटीलगायत अन्य परिकार खुवाइएको थियो । उहाँले गत वर्ष १३ देशका ३५ पर्यटकले टीका ग्रहण गरेका थिए भने यस वर्ष १० देशका ६० पर्यटकलाई भाइटीका लगाएको जानकारी दिए।
_x000D_
_x000D_
तिहारको झिलिमिली, देउसीभैलो, सयपत्री, गोदावरी, मखमली फूलका मालाहरुले उत्सवमय वातावरणमा भाइटीका लगाएका विदेशी पर्यटक नेपाली संस्कृतिप्रति निकै लोभिएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष गोविन्दराज पहारीले बताए। “यो भाइटीका कार्यक्रमले अन्तरदेशीय नागरिकबीच आत्मीय सम्बन्ध जोडेको छ’’ उहाँ भन्नुहुन्छ ।
_x000D_
_x000D_
कति पर्यटक तिहारको टीका लगाउनकै लागि भनेर वर्षमा एकचोटि नेपाल आउने गर्छन् ।” यस पर्वले पर्यटन प्रर्वद्धनसँगै सांस्कृतिक आदानप्रदानमा सहयोग पुगेको पहारीको भनाइ छ । पहारीले भाइटीका महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए।
_x000D_
_x000D_
पर्यटकलाई रेन्बो चिल्डेन होममा रहेका १० जना किशोरी एवं बालिकाले भाइटीका लगाइदिएका थिए । भाइटीकापश्चात पर्यटकहरु देउसीभैलोमा सहभागी भएर रमाएका थिए । कार्यक्रमका लागि होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको थियो भने कार्यक्रमको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।