काठमाडौं- दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकालाई सबैकी साझा दिदी अन्जली मास्केले भाइटीका लगाइदिएकी छन्।
_x000D_
_x000D_
मास्केले करिब २ सय जनालाई टीका लगाइदिएकी हुन्। उनले सगुन भने २०८ जनालाई तयारी गरेकी थिइन्।
_x000D_
_x000D_
विसं २०५५ देखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आएका छन्। मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो। मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।