ढाका, बङ्गलादेश- बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन्।
_x000D_
_x000D_
सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर शङ्का उपशङ्का चलिरहेका समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो।
_x000D_
_x000D_
बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त नुरूल हुडाले राष्ट्रिय टेलिभिजनमार्फत दिएको जानकारीमा निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको छ।
_x000D_
_x000D_
निर्वाचन आयोगको निर्वाचन मिति घोषणाप्रति प्रतिपक्षी दलले असन्तुष्टि प्रकट गरेको छ । उसले निर्वाचनलाई प्रजातान्त्रिक मूल्यमान्यता अनुसार गराउन सत्तापक्षबाट समस्या हुनसक्ने आशङ्का व्यक्त गर्दै प्रतिपक्षी समूहरूले विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।
_x000D_
_x000D_
मतदान सन् २०१८ को डिसेम्बर आइतबारका दिनमा नै हुनेछ, हुडाले बताए। निर्वाचनमा सहभागिता हुनका लागि आगामी नोभेम्बर १९ मा उम्मेदवारी दर्ता गरिने उनले जानकारी दिए।
_x000D_
_x000D_
सरकारले उपचारका लागि स्वीकृति दिएपछि आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएकी प्रतिपक्षी नेत्री खालिदा जियालाई पुनः जेल पठाइएको छ। सशक्त प्रतिपक्षी नेत्री जियालाई जेलमा राखेर हुने निर्वाचन स्वच्छ हुनेमा प्रतिपक्षीले आशङ्का व्यक्त गरेको हो । रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।