घोराही- बजारको माग बढेसँगै जिल्लामा चाउमिन उद्योगको सङ्ख्या बढ्न् थालेको छ। पहिले पहिले नेपालगञ्ज र बुटवलबाट ल्याउनुपर्ने चाउमिन अहिले दाङकै बजारमा पाइन थालेको छ।
_x000D_
_x000D_
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा चाउमिन उद्योग दर्ता गर्ने क्रम बढेको छ। चाउमिनबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि यहाँका व्यवसायी चाउमिन उद्योग सञ्चालनतर्फ आर्कषित भएका हुन्।
_x000D_
_x000D_
न्यून लगानीमा चाउमिन उद्योग सञ्चालन गर्न सकिने हुँदा व्यवसायी यसतर्फ आर्कषित भएका हुन्। व्यवसायीले रु दुई लाखदेखि रु १५ लाखसम्म लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन्।
_x000D_
_x000D_
जिल्लाका १० स्थानीय तहमध्ये घोराही, लमही र तुलसीपुरमा चाउमिन उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। उद्योगले चाउमिनको लागि आवश्यक पर्ने सस, मसला, चुकलगायत उत्पादन गरिरहेका छन्। घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीका अनुसार घोराहीमा ११, तुलसीपुरमा ६ तथा लमहीमा नौ चाउमिन उद्योग सञ्चालनमा छन्।
_x000D_
_x000D_
उद्योगमा रु ८३ लाख लागनी गरिएको छ । उद्योगले वार्षिक रु एक करोड ४७ लाख बराबरको चाउमिन बजारमा बिक्री गरिरहेका छन्। चाउमिन उद्योगमा ८२ जनाले रोजगारी पाएका छन्। जिल्लामा उत्पादित चाउमिन रोल्पा, प्युठान, सल्यान, रुकुम, कपिलवस्तु, अर्घाखाँचीलगायत जिल्लामा बिक्री भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।