तनहुँ- एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गा अधिग्रहणका लागि रु तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ।
_x000D__x000D_
व्यास नगरपालिका–५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० परिवारले मुआब्जा रकम बुझेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले बताए। मङ्गलबारसम्म अधिग्रहण गरिएको ६० रोपनी जग्गामध्ये नौ रोपनीको मुआब्जा रकम वितरण गरिएको छ। आयोजनाले जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ।
_x000D__x000D_
बाँधतर्फ जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गाका लागि आयोजनाले अधिग्रहण गरेको हो। जग्गाको प्रकृति हेरेर प्रतिरोपनी रु नौ लाख ५० हजारदेखि रु २० लाखसम्म मूल्य निर्धारण गरिएको छ।
_x000D__x000D_
पहिरोमा परेको जग्गाको मुआब्जा प्रतिरोपनी दुई लाख ४० हजार निर्धारण गरिएको छ। नदी फर्काउन तथा बाँध निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाखको सम्झौता भएको छ।
_x000D__x000D_
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण, विभिन्न उपकरण आपूर्ति, जडान तथा सञ्चालनका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग रु तीन अर्ब ८३ करोड १४ लाखको सम्झौता भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।