कैलाली- तिहारको उमंग र झिलिमिली। सबैको घरमा लक्ष्मीको चलिइरहेको थियो, लक्ष्मीको पूजा। घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलिया बस्ने राधा चौधरी पनि घरमा लक्ष्मीको स्वागत गर्ने तयारीमा थिइन।
_x000D_
_x000D_
उनी आँगनमा बसेर उत्साही मूडमा थिइन्। टुप्लुक्क आइपुगे छिमेकी कालीचरण चौधरी।
_x000D_
_x000D_
‘तँ बोक्सी होस्, तेरै कारणले भोलेबाबा जेलमा छ। तैंले जालझेल गर्छेस्...' यस्तैयस्तै फलाक्दै उनी गाली गर्न थाले। मदिरा सेवन गरी अपशब्द बोल्दै उनले राधामाथि कुटपिट गर्न थाे।
_x000D_
_x000D_
‘बेलाबेला कालीचरणले मलाई यस्तो शब्द प्रयोग गर्दै आएको थियो,' उनले नेपाल लाइभसँग भनिन्, 'मेरो आमाले गाली गरेको सुनेपछि दुवैबीच वादविवाद भयो।’
_x000D_
_x000D_
वादविवादकै क्रममा कालीचरणले आमा फुलकेशरी र राधामाथि नै कुटपिट गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
_x000D_
_x000D_
राधालाई गत अन्तर्राष्ट्रिय नारी दिवसका दिन बोक्सीकै आरोपमा निर्मम कुटपिट गरिएको थियो। उक्त घाउमा मलम लगाउने प्रयासमा थिइन् राधा। तर फेरि बोक्सीकै आरोपमा कुटिँदा उनी विक्षिप्तझैं बनेकी छन्।
_x000D_
_x000D_
पहिलेको पीडा भुल्न नसकेको गुनासो गर्दै उनले भनिन्, ‘गाउँघरका कतिपयले अझै पनि ‘बोक्सी’ भनिरहन्छन्। सुने पनि नसुनेझैं गर्थे तर, हिजो (बुधबार) आमाले सहन नसकेपछि वादविवाद भएको थियो। उसले लठ्ठीले हामी दुवैलाई कुटपिट गर्यो।’
_x000D_
_x000D_
इलाका प्रहरी कार्यक्रय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार राधामाथि कुटपिट हुँदैछ भन्ने खबर पाउनेबित्तिकै घटना स्थलमा पुगेर कालीचरण चौधरीलाई नियन्त्रणमा लिइएको हो।
_x000D_
_x000D_
उनलाई अपहेलना अन्तर्गत मुद्दा चलाइने जोशीले बताए। राधाका परिवारले प्रहरीमा उजुरी दिइसकेको बताउँदै उनले जिल्ला अदालत खुलेको दिन म्याद थप गराई अनसुन्धान कार्य अघि बढाइने उनको भनाइ छ।
_x000D_
_x000D_
राधालाई यसअघि २०७४ फागुन २४ गते नारी दिवसका दिन ७ घन्टा निर्घात कुटपिट भएको थियो। २० वर्षीया राधामाथि ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरी र ‘पार्वती माता’ भनिने किस्मती चौधरीले बोक्सीको आरोप लगाउँदै कुटेका थिए। सोही ठाउँका उनीहरु अहिले जेल जीवन बिताइरहेका छन्।
_x000D_
_x000D_
राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन्। कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ–भाइ भारतमा काम गर्न गएका छन् । अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन्।
_x000D_
_x000D_
सम्बन्धित समाचार-
_x000D_
–लक्ष्मीपूजाकै दिन राधा चौधरीमाथि पुन: कुटपिट, 'बोक्सी' भन्दै दिइएको ७ घन्टाको त्यो निर्घात यातना
_x000D_
_x000D_
–बोक्सीको आरोपमा राधा चौधरीमाथि फेरि कुटपिट, एक जना पक्राउ
_x000D_
_x000D_
–बोक्सीको आरोपमा राधालार्इ कुटपिट गर्ने किस्मिता पक्राउ
_x000D_
_x000D_
–राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने भोले बाबालाई ५ वर्ष कैद र १ लाख जरिवाना
_x000D_
_x000D_
–'बोक्सी'को आरोपमा राधामाथि कुटपिट गर्ने भोलेबाबासहित ६ जना जेल चलान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।