• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लक्ष्मीपूजाकै दिन राधा चौधरीमाथि पुन: कुटपिट, 'बोक्सी' भन्दै दिइएको ७ घन्टाको त्यो निर्घात यातना

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ०५:५४
1140x725

कैलाली– अफसोस! पुन: राधा कुटिइन्। लक्ष्मीपूजाकै दिन। हिजो।

_x000D_ _x000D_

राधामाथि स्थानीय कालीचरण चौधरीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए। कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ।

_x000D_ _x000D_

फ्ल्यास ब्याक २०७४ फागुन २४
_x000D_ त्यो अप्रिय घटना २०७४ फागुन २४ को थियो। अर्थात् नारी दिवसका दिन। घोडाघोडी नगरपालिका वडा नं ५ स्थित देउकलियाकी राधा चौधरीमाथि ७ घन्टा निर्घात कुटपिट भयो। गाउँलेले रमिता हेरे। ताली बजाए।

_x000D_ _x000D_

२० वर्षीया राधामाथि 'भोलेबाबा' भनिने रामबहादुर चौधरी र 'पार्वती माता' भनिने किस्मती चौधरीले बोक्सीको आरोप लगाउँदै निर्मम कुटपिट गरेका थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

राधामाथि कुटपिट र अत्याचारको समाचार डढेलो बन्यो। सामाजिक सञ्जाल र सञ्चार माध्यममा श्रृव्यदृश्य सामग्री छ्याप्छ्याप्ती भयो। घाइते राधालाई उद्दार गरेर उपचारका लागि धनगढी ल्याइयो। केही दिन पुनर्स्थापना केन्द्रमा राखियो। पछि कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिको पहलमा देउकलियामै कार्यक्रम आयोजना गरी राधालाई पुनर्स्थापन गरियो।

_x000D_ _x000D_

‘हामीलाई सबैले ढाँटे, मान्छेले पनि ढाँटे र समाजले पनि ढाँट्यो’, पीडित राधा चौधरीको अनुहारमा विरक्ति देखियो, ‘मान्छेहरु जे बोल्छन् त्यो नगर्ने रहेछन्। यस्तो सम्झिदाँ दुःख लाग्छ।’ साथमा, उनकी आमा फूलकेशरी पनि थिइन्। छोरीले गुनासो सुनाइरहँदा उनका आँखासमेत भरिए।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

भएको के रहेछ भने, घटनापछि प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पीडित राधा चौधरीको स्वास्थ्य उपचार तथा शिक्षादिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले व्यहोर्ने बताएका रहेछन्। उनले मात्र होइन प्रदेशका मन्त्रीहरु, जसले राधालाई भेटे, सबैले शिक्षाको जिम्मा सरकारको भन्दै साखुल्ले पल्टेका रहेछन्। तर, घटना भएकाे आठ महिना बितिसकेको छ, पीडित राधाले कुनै राहत पाएकी छैनन्।

_x000D_ _x000D_

‘अहँ, त्यसपछि हामीलाई कसैले सोधखोज गरेन’, पिँढीको डिलमा राखिएको खटियामा भेटिएकी राधाले सुनाइन्, 'कक्षा ११ को सबै शुल्क हामीले नै दु:खसुख तिर्यौं।’

_x000D_ _x000D_

राधा पढ्ने घोडाघोडी नगरपालिकाको सुख्खडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीले भने, ‘प्रदेश सरकारबाट हालसम्म राधालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नेबारे कुनै पत्राचार वा सूचना प्राप्त भएको छैन।’ तर विद्यालय व्यवस्थापन समितिले भने सहयोग गर्ने निर्णय गरेको दाबी उनले गरे।

_x000D_ _x000D_

शिक्षामा बेइमानी भइहाल्यो। त्योभन्दा बढी अप्रिय पक्ष त समाजसँग रहेछ।

Xtrem

Xtrem
_x000D_ _x000D_

कुराकानी गर्दैजाँदा राधाका आमा–छोरीले हामीसँग गुनासो गरे, समाजले अझै पनि उनीहरुलाई हेयको दृष्टिले हेर्न छोडेको छैन। छरछिमेकमा अझै पनि राधालाई ‘बोक्सी’ मान्नेहरु छन्। गाली गर्नेहरु छन्। छी:छी र दूरदूर गर्नेहरु छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

‘विद्यालयमा पनि  केही साथीहरुले बोल्न छोडेका छन्,' राधाले भनिन्, ‘बोल्न आउनेसँग म बोल्छु, तर बोल्नै नचाहनेसँग म आफैं कसरी बोल्न जाउँ?’ उनी आफूलाई अझै पनि गाउँमा बस्न सहज नभएको बताउँछिन्।

_x000D_ _x000D_

राधाकी आमा फूलकेशरीले पनि छोरी (राधा) का लागि गाउँमा पहिलेजस्तो सहज वातावरण नरहेको बताइन्। उनले छोरीलाई गाउँ-समाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा दुःख लाग्ने गरेको बताइन्। ‘कसैले केही भन्यो भने पनि चुपचाप बस्नुपर्छ, सुने पनि नसुनेझैं गर्नुपरेको छ’, उनले दुखेसो पोखिन्।

_x000D_ _x000D_

राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन्। कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ–भाइ भारतमा काम गर्न गएका छन्। अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन्।

_x000D_ _x000D_

राधाको कुटपिटमा संलग्न भएका सोही ठाउँका रामबहादुर चौधरी र किस्मती चौधरी अहिले जेल जीवन बिताइरहेका छन्।

_x000D_ _x000D_

यो पनि- बोक्सीको आरोपमा यातना खेपेकी राधा भन्छिन्- गाउँघरमा अझै पनि बोक्सी भन्छन्

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्