काठमाडौं– नेपाली मुलका ह्यारी (एचबी) भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन्।
_x000D_
_x000D_
भण्डारी डेमोक्र्याट पार्टीबाट उम्मेदवार रहेका थिए। उनी मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन्। तीन जना निर्वाचित हुने उक्त स्थानमा ह्यारी दोस्रो हुँदै आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेका हुन्।
_x000D_
_x000D_
निर्वाचित भएपछिको एक खुसी साटासाट कार्यक्रममा भण्डारीले नेपाली भाषीको यो विजय सुरुवात मात्रै भएको बताए।
_x000D_
_x000D_
'एउटा गाउँको स्कुलमा पढेर बिस्तारै सिक्दै यहाँसम्म आउन सक्यौं भने अब हाम्रो पुस्ता धेरै माथि जान सक्छ भन्ने यसले स्पष्ट सन्देश दिएको छ', उनले भने, 'यो सुरुवात मात्रै हो। हामी सुरुवाती चरणमा छौं। गर्नुपर्ने धेरै छ।'
_x000D_
_x000D_
उनले अमेरिका आउने नेपालीहरुले सपना र संस्कृतिको झोला बोकेर आएको बताए। 'मेरो एउटा सपना के हो भने नेपाली अमेरिकन भोलि राजदूत पनि हुनसक्छ। हामीले एउटा राज्यको सांसद भएरै देखायौं। भोलि देशको सांसद हुनसक्छ', भण्डारीले भने।
_x000D_
_x000D_
उनले आफूहरुसँग अगाडि धेरै सम्भावना र चुनौतीहरु रहेको बताए। 'पहाड जति अग्लो भए पनि भूइँ छोडेको दिन ढल्नुपर्छ। नदि जति बेगबान भए पनि मूल सुकेको दिन सुक्नुपर्छ', उनले भने, 'हामीले जति नेपाललाई माया गर्छौं, त्यति नै धेरै मेनस्ट्रिममा जानुपर्छ।'
_x000D_
_x000D_
नेपालको पर्वत जिल्लामा जन्मिएका उनी अमेरिकामा प्राध्यापन पेशामा संलग्न थिए। साथै, डेमोक्र्याटको तर्फबाट राजनीतिमा सक्रिय पनि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।