काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले उम्मेदवारी दिएका छन्।
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा पराजुलीले उमेदवारी दिएका हुन् ।
पार्टीको निर्णय बमोजिम मंगलबार पराजुलीले उम्मेदवारी दर्ता गराएका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ। पराजुलीको प्रस्तावकमा सांसद मोहन आचार्य छन्। समर्थकमा पुष्पराज कँडेल, रमेशकुमार मल्ल, ध्रुवराज राई, सरस्वती लामा र निशा डाँगी छन्।
समिति सभापति चयनका लागि बुधबार निर्वाचनको मिति सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा तोकेका थिए। सभामुख अर्यालका अनुसार समिति सभापतिको निर्वाचन बुधबार दिउँसो २ बजे हुनेछ । अर्को उम्मेदवारी नपरेको र समर्थकमा सबै दलका सांसद रहेकाले उनी सर्वसम्मत हुने निश्चितजस्तै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।