जेनेभा– सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको संख्या दुई हजार पुगेको राष्ट्रसंघले मंगलबार जनाएको छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो।
_x000D_
_x000D_
'गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस वर्ष मृत्यु हुनेको संख्या २ हजार भन्दा बढी भएको हो,' राष्ट्रसंघ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेले बताए।
_x000D_
_x000D_
उनले यस वर्ष यूरोप पुग्ने आप्रबासी तथा शरणार्थीको संख्या १ लाख ५ हजार व्यक्ति रहेका बताए। यस वर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको संख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ।(रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।