हेटौंडा- रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ। नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दुरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याइसकिएको हो।
_x000D_
_x000D_
रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए।
_x000D_
_x000D_
नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताए। रुख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेसनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ।
_x000D_
_x000D_
सो आरक्ष क्षेत्रबाट करिब ५ हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ। रुख कटान हुनासाथ एक महिनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने खनालको भनाइ छ। पाइपलाइन विस्तारका लागि आरक्ष क्षेत्रको १० किलोमिटर जङ्गल छ।
_x000D_
_x000D_
२०१८ अप्रिलबाट पाइपलाइन बिछ्याउने काम सुरु भएको र अवरोध हटेकाले एक महिनामा पूरा हुने खनालको दाबी छ। पाइपलाइन बिछ्याउन नेपाल र भारतको २७५ करोड भारतीय रुपैयाँमा सो पाइपलाइन निर्माण भइरहेको छ।
_x000D_
_x000D_
भारतको २०० र नेपालको ७५ करोडको लगानीमा २०१४ को मूल्यको लागत अनुमानअनुसार काम भइरहेको हो। उता विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन विस्तारअन्तर्गत तीन किलोमिटर बनाउन बाँकी रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।