काठमाडाैं– यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। घरघरमा सुरक्षा दिने कुकुरको पूजाआजा गरी मिठामिठा खानेकुरा खान दिएर कुकुर तिहार मनाउने चलन छ।
_x000D_
_x000D_
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ।
_x000D_
_x000D_
बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास रहिअाएको छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ।
_x000D_
_x000D_
आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास पनि रहिअएको छ।
_x000D_
_x000D_
आजको दिन कुकुरलाई विधिवतरुपमा पूजा गरी खान दिने मानिसलाई पुण्य प्राप्त हुने जनश्रुति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।