तेहरान– अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार बताएका छन्।
_x000D_
_x000D_
‘इरानले वासिङ्टनद्वारा आफूमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ’, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागू हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही घण्टापछि राष्ट्रपति रौहानीले भने।
_x000D_
_x000D_
‘हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामीले अमेरिकीहरूलाई इरानविरुद्ध दबाव र चेतावनीको भाषा प्रयोग गर्न नहुने पाठ सिकाइने छ।’, रौहानीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले उल्लेख गरेको छ।
_x000D_
_x000D_
‘अमेरिकी अधिकारीहरूले यो बुझेका छन् की इरानी तेल बजारलाई विस्थापित गर्न सकिँदैन’, उनले भने, ‘इरानसँग पहिल्यै सम्झौता गरिसकेका केही मूलुकलाई अमेरिकीहरूले कारोबार गर्न निषेध गरेपनि हामीले हाम्रो तेललाई बेच्न सक्छौँ। त्यसका लागि उपयुक्त क्षमता हामीसँग छ।’
_x000D_
_x000D_
अमेरिकाले सन् २०१५ मा उसकै नेतृत्वमा अन्य विश्व शक्ति राष्ट्रहरू चीन, रूस, बेलायत, जर्मनी र फ्रान्स लगायतले गरेको सम्झौतापछि इरानविरूद्ध लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको वासिङ्टनले गत शुक्रबार अर्को घोषणा गर्दै सोमबारबाट अझ कठोर भनिएको प्रतिबन्ध लागू गरिएको जनाएको छ।
_x000D_
_x000D_
अमेरिकाको प्रतिबन्धले विश्वका उर्जा, जलयात्रा, पानीजहाजको निर्माण र आर्थिक क्षेत्रजस्ता केही मुलुकका संवेदनशील क्षेत्रलाई लक्षित गरेको बताइने गरेको छ।
_x000D_
_x000D_
वासिङ्टनले इरानले उक्त क्षेत्रमा अस्थिरता तथा हिंसा सिर्जना गरेको दाबी गरेको छ भने यसको तेहरानले खण्डन गर्नेगरेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।