राजविराज– पूर्व सांसद जगदिशप्रसाद साहका अंगरक्षक तत्कालीन प्रहरी जवान प्रवेश मेहतालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ।
_x000D_
_x000D_
उच्च अदालत जनकपुर, राजविराज इजलासका वरिष्ठतम् न्यायाधीस तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार मेहतालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो।
_x000D_
_x000D_
मेहतामाथि २०६८ साल असार ३२ गते ९ बजे राति सप्तरीको शम्भूनाथ गाविस–७ सखुवा टोलका ५२ वर्षीय रामबहादुर चौधरी थारुको हत्या गरेको आरोप थियो। मृतकका भतिजा दिपेन्द्र चौधरीले मेहता विरुद्ध गोलि हानी हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए।
_x000D_
_x000D_
पूर्व सांसद साहलाई भने अदालतले सफाइ दिएको अधिवक्ता हेमनारायण चौधरीले जानकारी दिए। साहकै आदेशमा मेहताले गोली चलाएको दाबी गर्दै दुवै जनालाई प्रतिवादी बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।