काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि नेपाल आर्मीको एभिएसन सम्बन्धि सबै संरचना स्थानान्तरण गर्नुपर्ने भएको छ।
_x000D_
_x000D_
‘नेपाल आर्मीको एभिएसन सम्बन्धी सबै काम विमानस्थल भित्रैबाट भइरहेको छ’, नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘ विमानस्थलको विकास र स्तरोन्नतिमा आवश्यक आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणमा यी संरचना स्थानान्तरण गर्नुपर्छ।’
_x000D_
_x000D_
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो अन्तर्राष्ट्रिय यात्रुको चाप थेग्नका लागि पनि आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन आवश्यक रहेको उनको भनाइ छ। तर, अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाओ)को मापदण्डअनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको विषय उठेपनि सो विषयमा निर्णय भने भइनसेको उनको भनाइ छ।
_x000D_
_x000D_
विमानस्थल भित्रै नेपाल आर्मीको हेलिप्याड र जहाज पार्किङ स्थलदेखि ह्याङ्गरसमेत रहेको छ। यी सबै संरचना अन्यन्त्र स्थान्तरण नगरी नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण गर्न नसकिने गौतम बताउँछन्।
_x000D_
_x000D_
आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण नै गर्ने हो भने पनि आर्मीको संरचना स्थान्तरण गर्न ठूलो धनराशी खर्च हुने प्राधिकरणको भनाइ छ। आर्मीको संरचना स्थान्तरणमा मात्रै २२ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने गौतम बताउँछन्।
_x000D_
_x000D_
आर्मीको एभिएसनसँग सम्बन्धित संरचना स्थानन्तरणमा प्राधिकरणले त्यति ठूलो रकम भने खर्च गर्न नसक्ने उनले स्पष्ट पारे। ‘संरचना स्थान्तरणका लागि प्राधिकरणले जग्गा उपलब्ध गराउँन सक्छ।’, गौतमले भने, ‘ तर, संरचना स्थान्तरणमा भने सरकारले नै लगानी गर्नुपर्छ।’
_x000D_
_x000D_
नेपाल एयरलाइन्सको ह्याङगर स्थान्तरणमा पनि झन्डै ४ अर्ब
_x000D_
_x000D_
आधुनिक र सुविधासम्म अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि नेपाल एइरलाइन्सको ह्याङ्गर पनि स्थान्तरण गर्नुपर्ने गौतमले जानकारी दिए। सो कार्यका लागि झन्डै ४ अर्ब रुपैयाँ लाग्ने उनको भनाइ छ। निगम र नेपाल आर्मीको संरचना स्थानान्तरण गरी अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण गर्दासम्म झन्डै १ खर्ब रुपैयाँ खर्च हुने प्राधिकरणको भनाइ छ।
_x000D_
_x000D_
तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति ठूलो रकम खर्च गर्नुको सट्टा त्यही रकम निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खर्च गर्नु उपयुक्त हुने प्राधिकरणको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।