काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई पार्टीमा स्वागत गर्दै कांग्रेस थप बलियो भएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीलाई कांग्रेसमा समायोजन गर्ने कार्यक्रममा देउवाले गच्छदारको प्रवेशसँगै कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । ‘उहाँका विषयमा म धेरै बोल्दिन । उहाँलाई पार्टीमा स्वागत छ,’ देउवाले भने, ‘उहाँ पार्टीमा प्रवेश गरेपछि कांग्रेस थप बलियो भएको छ । अबको चुनावमा कांग्रेसको बहुमत आउँछ ।’ उनले लोकतन्त्रलाई थप बलियो बनाउन पार्टी एकिकरण गरिएको जानकारी दिए।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गच्छदारको पुनरागमन मात्र नभई हिमाल, पहाड र तराईको एकता भएको प्रतिक्रिया दिए । उनले अब कांग्रेस थप मजबुत भएको पनि बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।