काठमाडाैं– प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितको चीन भ्रमण पनि रद्द भएको छ। मन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेका स्थापितको पद गुमेपछि हैसियत फेरिने भएर चीन भ्रमण रद्द गरेका हुन्।
_x000D_
_x000D_
बुधबारको मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेपछि शुक्रबार उनलाई बर्खास्त गरिएको थियो। चीन भ्रमणका लागि काठमाडौं आएका स्थापित आइतबार चीन जाने कार्यक्रम थियो।
_x000D_
_x000D_
उनले भने, 'हटाउनुको अर्को कारण मुख्यमन्त्री विदेश भ्रमणमा जान नपाएकाले पनि हो।’ पार्टीले अहिले नबोल्न निर्देशन दिएको उनले बताए। 'बोलेपछि चर्कै बोलिन्छ। बोलेर अरुको तिहार बिगारिदिन पनि भएन।’ प्रदेश सभाको बैठकमा बोल्ने क्रममा 'धुवाँ उडाउने’ स्थापितले चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।