काठमाडौं- सरकारले कामदार आपूर्ति गर्दै आएको मुख्य रोजगारदाता मुलुकमै पुरुष कामदारका लागि आपतकालीन आवासगृह निर्माण गर्न सकेको छैन। जसका कारण विभिन्न देशमा रोजगारीका लागि गएका पुरुष कामदार समस्यामा पर्दा उद्धारमा कठिनाइ भइरहेको छ।
_x000D_
_x000D_
नेपाली श्रमिकको मुख्य रोजगार गन्तव्य मलेसिया, साउदी, कतार, ओमन, बहराइन, कुवेत, जोर्डन र सरकारले नै (जिटुजी) गरेर कामदार आपूर्ति गर्दै आएको दक्षिण कोरियामा समेत पुरुष आवासगृह छैन।
_x000D_
_x000D_
सरकारले महिला कामदारका लागि आपतकालीन आवासगृहको व्यवस्था गरे पनि अहिलेसम्म पुरुष श्रमिकका लागि ध्यान नदिएको सम्बन्धित देशका राजदूतहरुले बताउँदै आएका छन्।
_x000D_
_x000D_
हाल सञ्चालनमा रहेका महिला आवासगृह पनि सीमित छन्। ठूलो संख्यामा समस्यामा परेको बेला एकैपटक उद्धार गरी राख्न सक्ने आवासगृह नभएको उनीहरुको भनाइ छ।
_x000D_
_x000D_
सरकारले नेपाली कूटनीतिक नियोगमा पुरुष आवासगृह निर्माण गर्न नसक्दा अलपत्र वा समस्यामा परेका कामदारलाई नियोगले नै संरक्षण गरी स्वदेश फर्काउने वातावरण नहुने गरेको साउदी अरबका पुर्वराजदूत उदयराज पाण्डेले बताए। 'रोजगारदाता देशमा सरकारले आपतकालीन आवासगृह निर्माणतर्फ चासो दिएको छैन,’ उनले भने, 'धेरै नेपाली कामदार भएका रोजगारदाता देशमा यो आवश्यक पर्छ। यो विषयमा सरकार गम्भीर नभए भविष्यमा जटिल समस्या आउन सक्छ।’
_x000D_
_x000D_
सरकारले आवासगृह निर्माण नगर्दा धेरै पुरुष बाध्यताले कानुनी झमेलामा पर्ने गरेको उनको भनाइ छ। रोजगारदाता देशसँग छलफल र सहयोग मागेर भए पनि आवासगृह निर्माण गर्न उनी सुझाउँछन्। करार अवधि सकिए पनि स्वदेश नफर्की रोजगारदाता देशमै अवैध रुपमा बसेर काम गरिरहेका नेपालीका लागि त आवासगृह झन् आवश्यक पर्ने पुर्वराजदूत पाण्डे बताउँछन्।
_x000D_
_x000D_
यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने धेरै नेपाली कामदार भएका देशमा पछिल्लो समय आवासगृह निर्माणका लागि आवश्यक छलफल र योजना अघि सारेको दाबी गरेको छ। आवासगृहका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रोजगारदाता देशसँग कूटनीतिक नियोगमार्फत छलफल र अध्ययन अघि बढाइरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन्।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा गएका कामदार समस्या र अलपत्र परेमा उनीहरुलाई निजी संस्थाले सञ्चालन गरेका आवासगृहमा सहयोग मागेर राख्ने गरिन्छ। समस्यामा परेका कामदार नियोगमा शरण लिन आए भने उनीहरुलाई तत्काल कानुनी उपचार र संरक्षण गर्न सक्ने अवस्था दूतवाससँग हुँदैन। जसका कारण विदेशमा रहेका नेपाली समस्यामा परे भने दूतावासमा शरण लिन नजाने गरेको गैरआवासीय नेपालीहरुले बताउँदै आएका छन्।
_x000D_
_x000D_
रोजगारीका लागि विभिन्न देश गएका कामदार वा अन्य नेपाली समस्यामा परेको खण्डमा सम्बन्धित देशको फिर्तीकेन्द्रमा बस्ने गरेका छन्। त्यहाँ बस्दाको खर्च भने नेपाल सरकारले नै बेहोर्दै आएको छ।
_x000D_
_x000D_
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेशमा अलपत्र परेका वार्षिक २ हजारभन्दा धेरै नेपाली कामदारको उद्धार गर्ने गरेको छ।
_x000D_
_x000D_
नेपालबाट अध्ययन र रोजगारीका लागि संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७२ देश नेपाली जाने गरेका छन्। हाल करिब ३४ देशमा कूटनीतिक नियोग रहेको छ।
_x000D_
_x000D_
मलेसिया र खाडीका सात देशमा धेरै नेपाली रोजगारीका लागि जाने गरेका छन्। यी देशमा महिला कामदार समस्यामा पर्दा राख्ने आवासगृह भए पनि पुरुष कामदारका लागि छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।