काठमाडाैं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे पिच परिर्वतन ( (रिह्याबिलिटेसन) को जिम्मा चिनियाँ सरकारी कम्पनी चाइना नेशनल एग्रो ट्रक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पाेरेसनले पाइको छ। चिनियाँ निर्माण कम्पनीसँग सोमबार निर्माण सम्झौता हुने भएको छ।
_x000D_
_x000D_
चिनियाँ निर्माण कम्पनीसँग करबाहेक ३ अर्ब ७५ करोड रुपैयाँ रनवे पिच परिर्वतनका लागि सम्झौता हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले जानकारी दिए। रनवे पिच परिर्वतनमा करसहित ४ अर्ब २७ करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ।
_x000D_
_x000D_
सन् १९८० मा निर्माण भएको रनवे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन। रनवे सुधार (रिह्याबिलिटेसन) प्रक्रिया सुरु भएको झन्डै दुई वर्ष हुन लागिसकेको अवस्थामा निर्माणको लागि कम्पनी छनोट भएको हो।
_x000D_
_x000D_
कम्पनीलाई रनवेको पिच परिर्वतको काम सुरु गर्नुपूर्व आवश्यक तयारी गर्नका लागि पाँच महिनाको समय दिइएको छ। तर, कम्पनीले ७० प्रतिशत आवश्यक साम्रागी जम्मा नगरी रनवेको पिच परिर्वतनको काम थालनी गर्न नपाउनेगरी सम्झौता हुन लागेको प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले जानकारी दिए ।
_x000D_
_x000D_
कम्पनीले आवश्य तयारीका लागि ४ महिना भए पुग्ने प्रस्ताव पेस गरे पनि आयोजनाले ५ महिनाको समय दिएको उनले बताए।
_x000D_
_x000D_
यसैगरी कक्पनीले आगमी अप्रिल १ बाट रनवे पिच परिर्वतनको लागि काम थालनी गर्दैछ। कम्पनीले पहिलो चरणमा ३ हजार मिटरको रनवेको पिच परिर्वतन गर्नुपर्ने प्राधिकरण महानिर्देशक गौतमले बताए। कम्पनीले प्रतिदिन मिलिङ मेसिनको साथमा राति रनवे खन्दै बिहानसम्म तयार गर्ने गरी ८० मिटरका दरले काम गर्नेगरी सम्झौता हुन लागेको गौतम बताउँछन्।
_x000D_
_x000D_
त्यसपछि मात्रै निर्माण कम्पनीले एप्रोनतिरको काम गर्ने उनको भनाइ छ। ‘कम्पनीले ४९ दिनमा रनवे जतिको पिच परिर्वतन गर्नेगरी कामको तालिका बनाएको छ’, गौतमले भने, ‘त्यसमा पनि प्राधिकरणले ७० दिनको समय तालिका राखेको छ।’ निर्माण कम्पनी प्रतिनिधिले समेत तोकिएको समयमा गुणस्तरीय काम गर्ने प्रतिवद्धता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसमक्ष गरेको छ।
_x000D_
_x000D_
निर्माण कम्पनीले जुनको पहिलो साताभित्र रनवेको जति पिच परिर्वतन काम सक्नेगरी परिचालन गर्न समेत मन्त्री अधिकारीले निर्देशन दिएका छन्। तोकिएको समयमै रनवे पिच परिर्वतन नभएको अवस्थामा आफूसमेत अफल हुने मन्त्रीको भनाइ छ।
_x000D_
_x000D_
रनवेको पिच परिर्वतनका लागि १० घन्टा विमानस्थल बन्द
_x000D_
रनवेको पिच परिर्वतको काम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घन्टा बन्द गरिने गौतमले जानकारी दिए। रनवे पिच परिर्वतको काम अप्रिल १ बाट सुरु हुने र सोही दिनदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानास्थल बन्द हुने उनको भनाइ छ ।
_x000D_
_x000D_
झन्डै दुई वर्ष अगाडि रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भए पनि कम्पनीबीच प्रतिस्पर्धा हुन सकेको छैन।
_x000D_
_x000D_
मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि रनवको पिच परिर्वतनको काम अगाडि बढाउने प्राधिकरणलाई निर्देशन दिँदै आएका थिए।
_x000D_
_x000D_
प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल एक वर्ष अगाडि नै नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डमा गएर रोकिएका थियो।
_x000D_
_x000D_
सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो। तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गरेको थियो।
_x000D_
_x000D_
परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो ।
_x000D_
_x000D_
यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङदो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी थिए।
_x000D_
_x000D_
विमानस्थलकै रनवे सुधारसम्बन्धी दुईवटा काम गरेको, आर्थिक रूपमा कति सक्षम र औजार कति भएको कम्पनी हो भनी यकिन गरेर मात्रै कम्पनी छनोट भएका थिए।
_x000D_
_x000D_
तर, परामर्शदाताको रिपोर्ट एवं अध्ययनले तीन हजार मिटरको रनवे र दुई हजार मिटरको ट्याक्सी वे मर्मतका लागि करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरे पनि अहिले त्यसको लाग झन्डै ४ अर्ब पुगको छ ।
_x000D_
_x000D_
सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्ण रूपमा बन्द गरी रनवेको पिच परिर्वतन सुरु गर्न लागेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। रनवेको पिच परिवर्तन गर्न १८ महिना लाग्ने भए पनि पहिलो चरणमा सबैभन्दा बढी समस्या रहेको रनवेको मात्रै पिच परिवर्तन गरिने जानकारी दिए।
_x000D_
_x000D_
'विमानस्थलको कोटेश्वरतर्फको ०२ रनवेको १६ सय मिटरमा बढी समस्या देखिएको छ। रनवेको पिच परिवर्तनसँगै ट्याक्सी वेको पिच परिवर्तन हुन्छ। कतिपय ठाउँको ३० सेन्टिमिटरसम्म माटो निकालेर नयाँ पिच हाल्नुपर्ने अवस्था छ’, गौतमले भने।
_x000D_
_x000D_
ट्याक्सी वेको कतिपय स्थानमा ५३ सेन्टिमिटरसम्मको संरचना परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। पिच परिवर्तनका लागि निर्माण कम्पनीसँग सम्झौता भएको चार महिनासम्ममा रनवेको काम गर्ने र त्यसपछि मात्रै ट्याक्सी वेको पिच परिवर्तन काम हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।