काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १३ दशमलव ७० अंकले घटेर १२ सय ७ दशमलव २८ को बिन्दुमा आइपुगेको छ।
_x000D_
_x000D_
‘क’ वर्गको कम्पनीहरू मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८६ अंकले घटेर २ सय ५६ दशमलव ८१ अंकमा आइपुगेको छ।
_x000D_
_x000D_
आइतबार १ सय ५४ कम्पनीको ५६ करोड ४७ लाख ८७ हजार ७ सय ३६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
_x000D_
_x000D_
आइतबार कारोबारमा आएको अन्य समूह बाहेक अरु सबै समूहमा गिरावट आएको छ। अन्य समूह ४ दशमलव २३ अंकले बढेको छ।
_x000D_
_x000D_
सबै भन्दा धेरै जीवन बिमा समूहको सेयर मूल्य घटेको छ। समूहमा ८७ दशमलब ५२ अंकको गिरावट आएको छ। त्यस्तै निर्जिवन बिमा समूह ६५ दशमलब ३९ अंकले घटेको छ।
_x000D_
_x000D_
आइतबार सर्वाधिक कमाउनेमा समता माइक्रोफाइनान्स कम्पनी अन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ दशमलव २० अर्थात् १ सय ६ रुपैयाँले बढेको छ।
_x000D_
_x000D_
त्यस्तै शाइन रेसुङ्गा बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेको छ। यता आजै मात्र लाभांश परिमार्जन गरेको लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।
_x000D_
_x000D_
कम्पनीको सेयर मूल्यमा ८० रुपैयाँको गिरावट आएको छ। साथै एभरेष्ट बैंकको सेयर मूल्यप्रतिकित्ता ३४ रुपैयाँले घटेको छ।
_x000D_
_x000D_
आइतबार माछापुच्छ्रे बैंक र निर्धान उत्थान बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
_x000D_
_x000D_
माछापुच्छ्रे बैंकको संस्थापक सेयर १६ करोड ५६ लाख ४४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।
_x000D_
_x000D_
त्यस्तै निर्धान उत्थान बैंकको संस्थापक सेयर ११ करोड ८ लाख ६५ हजार रुपैयाँको खरिद बिक्री भएको छ।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।