इलाम- इलाममा आगामी आईतबार लगानी सम्मेलन हुने भएको छ। इलाम नगरपालिकाले आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आगामी २५ गते आईतबार इलाममा लगानी सम्मेलन गर्न लागिएको जानकारी गराएको हो।
_x000D_
_x000D_
इलामका सबै स्थानीय तहमा लगानीमैत्री वातावरण बनाउन पनि लगानी सम्मेलन गर्न लागिएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिए। 'इलामको समग्र विकासका लागि आवश्यक लगानी जुटाउन सबै स्थानीय तहको संयुक्त पहलमा लगानी सम्मेलन गर्न लागिएको हो' मेयर बस्नेतले भने।
_x000D_
_x000D_
चिया खेतीका लागि ख्याती कमाएको जिल्ला इलाममा यसको विकासमा आवश्यक लगानी भित्र्याउन विशेष जोड दिएर त्यहाँस्थित १० वटै स्थानीय तहको पहलमा लगानी सम्मेलन गर्न लागिएको हो। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले इलाम धैरै सम्भावना भएको जिल्ला भएकाले यसको विकासका लागि आवश्यक लगानी गर्न महासंघले विशेष सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकी छन्।
_x000D_
_x000D_
महासंघले कृषि उद्यम विकास कार्यक्रममार्फत् इलामको कृषि र कृषिजन्य वस्तुको उत्पादनमा आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।