काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका कर्मचारी, शिक्षक र प्राध्यापकलाई सामाजिक सञ्जालमा स्वभाविक रुपमा गरिँदै आएको कतिपय गतिविधिमा समेत अंकुश लगाउने गरी ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन २०७५’ जारी गरेको छ।
_x000D_
_x000D_
मन्त्रीस्तरीय निर्णय गर्दै गत कात्तिक १३ मा शिक्षा मन्त्रालयबाट जारी ६ बुँदे मार्ग निर्देशनमा सकारात्मक टिप्पणीलाई लाइक तथा सेयर गर्न पाइने उल्लेख भए पनि व्यंग्यात्मक टिप्पणी र लाइक गर्न अंकुश लगाइएको छ।
_x000D_
_x000D_
सरकारको नीति, मन्त्रालय वा सरकारी निकायका निर्णयहरु, प्रस्तावित नीतिहरु आफ्नो पेजमा सेयर गर्न र सकारात्मक टिप्पणी गर्न, लाइक गर्न पाइने मार्ग निर्देशनमा उल्लेख छ।
_x000D_
_x000D_
'तर त्यस्ता विषयहरुको नकारात्मक टिकाटिप्पणी गर्न वा व्यंग्यात्मक शैलीमा टिप्पणी गर्न, नकारात्मक टिप्पणी लाइक गर्न तथा सेयर गर्ने कार्य निजामती कर्मचारी तथा विद्यालय एवं विश्वविदयालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीको आचारसंहीत विपरीत हुने हाँ यस्ता कार्यहरु गर्न पाइने छैन', मार्ग निर्देशनमा भनिएको छ।
_x000D_
_x000D_
मन्त्रालय र यस अन्तर्गतका निकायहरु र विद्यालयकहले सामाजिक सञ्जालमा आफ्ना आधिकारिक पेज वा ह्याण्डलको प्रोफाइल फोटो सम्बन्धित संस्थाको बोर्ड देखिने फोटो र कभर फोटोमा आ-आफ्नो निकायको फोटो राख्नुपर्ने निर्देशनमा उल्लेख छ।
_x000D_
_x000D_
त्यस्तै मन्त्रालय अन्तर्गतका कर्मचारी तथा विद्यालय र विश्वविद्यालयका शिक्षकहरुले सामाजिक सञ्जालमा आफ्नो खाता खोल्दा वास्तविक फोटो राख्नुपर्ने र विवरण पनि साँचो राख्नुपर्ने छ।
_x000D_
_x000D_
उनीहरुले राजनीतिक व्यक्तित्वहरु र सरकारी सेवामा रहेका वा निवृत्त कर्मचारीकहरुका सम्बन्धमा प्रकाशित अप्रमाणित नकारात्मक समाचारहरुमा टिप्पणी गर्न, त्यस्तो समाचार टिप्पणी र लाइक गर्न तथा सेयर गर्न पाइने छैन। साथै सार्वजनिक मिडिया तथा सञ्चार माध्यममा लेख, रचना तथा अन्तर्वार्ता दिन पनि अंकुश लागाइएको छ।
_x000D_
_x000D_
कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानहरुको फोटो सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ। 'कुनै पनि कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न पाइने छैन', भनिएको छ, 'कुनै कारणवश खिचिएमा स्वीकृति नलिइकन फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा अपलोड गर्न, टिप्पणी गर्न, लाइक ग्न पाइने छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।