काठमाडौं- नेपाल एयरलाइन्सको वाइडबडी जहाज 'अन्नपूर्ण' कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको छ।
_x000D_
_x000D_
कतारको समयअनुसार राति २ बजेपछि उड्नुपर्ने जहाजमा समस्या आएपछि ग्राउन्डेड भएको हो। उडान रोकिएपछि नेपाल आउन लागेका २ सय ४७ यात्रु अलपत्र परेका छन्।
_x000D_
_x000D_
अहिले जहाज मर्मतमा नेपाल एयरलाइन्सका प्राविधिक इन्जिनियर खटिइरहेको एयरलाइन्सका सहायक प्रवक्ता शैलेश कंसकारले जानकारी दिए। उनले मर्मत भई केही समयभित्रै नेपालका लागि उडान गर्ने बताएका छन्।
_x000D_
_x000D_
'विश्वमा प्राविधिक कारण जहाज ग्राउन्डेड हुनु सामान्य नै हो,' नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'सानातिना प्राविधिक गडबडी भइरहन्छन्। नेपाल एयरलाइन्सका जहाज थोरै भएकाले यस्ता घटना धेरै सुनिने गरिएको हो।'
_x000D_
_x000D_
उक्त जहाज आज बिहान ९:३० देखि १० बजेसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने थियो।
_x000D_
_x000D_
राष्ट्रिय ध्वजाबाहक उक्त 'ए ३३०-२००' जहाज गत असार १४ गते नेपाल भित्रिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।