काठमाडौं– अपर तामाकोशी हाइड्रोपावरले स्थानीयलाई जारी गरेको सेयर बाडँफाँट गरेको छ।
_x000D_
_x000D_
अति प्रभावित क्षेत्र अन्तर्गत ‘क’वर्गमा कूल ५ हजार ५० जनाको आवेदन परेकोमा ३० कित्ता देखि एक सय कित्ता सेयर माग गर्ने आवेदकलाई मागेजति सबै र १ सय कित्तादेखि ३ सय कित्ता माग गर्ने आवेदलाई १ सय २ कित्ताका दरले वितरण गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ। क वर्गका अावेदकलाई कुल ५ लाख १० हजार ९ सय ५० कित्ता सेयर बाँडफाँट गरेको छ।
_x000D_
_x000D_
यसैगरी आयोजना प्रभावित ‘ख’ वर्गमा कूल ८१ हजार २ सय ३७ जना रीतपूर्वक आवेदक दिने आवेदकमध्ये ३० कित्तादेखि ४० कित्ता सेयर माग गर्ने आवेदकलाई मागबमोजिम नै सेयर दिइएको छ। यसैगरी ५० कित्ता देखि ३ सय कित्ता सेयर माग गर्ने सबै आवेदलाई ४८ कित्ताका दरले ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता सेयर बाँडफाँट गरिएको छ।
_x000D_
_x000D_
दोलखा जिल्लाका अन्य बासिन्दालाई ‘ग’ वर्गमा राखेको आयोजनाले ३० कित्ता सेयर माग गर्ने सबै आवेदकलाई माग बमोजिमको वितरण गरेको छ। ४० कित्ता सेयर माग गर्ने आवेदकलाई ३२ कित्ता र सो भन्दा माथि ५० कित्ता देखि ३०० कित्ता सेयर माग गर्ने आवेदकलाई ३४ कित्ताका दरले जम्मा ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता सेयर बांँडफाँट भएको छ।
_x000D_
_x000D_
हाइड्रोपावरले १ सय मूल्य अंकित दरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर दोलखा जिल्लाका बासिन्दाहरुको लागि खरीद आह्वान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।