काठमाडौं। चितवन र धादिङमा निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सबै सवारी साधनको आवागमन बन्द गरिएको छ।
चितवनमा गत बिहीबारदेखि निरन्तर वर्षा भइरहेको र नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लगातार पहिरो गइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा सबै सवारी साधनको आवागमन बन्द गरिएको हो।
त्यस्तै, धादिङ र आसपासका क्षेत्रमा पनि गत बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा लगातार पहिरो गइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सवारी साधनको आवागमन बन्द गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।