काठमाडौं– मनाङमा घट्टेखोलाबाट आएको लेदोसहितको पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ । नदी थुनिएपछि पानीको बहाव बढ्दै गएसँगै जोखिम बढेको भन्दै चामे बजारका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रकाश बोहोराका अनुसार घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदीको बहाव रोकिएपछि जोखिम रहेको चामे बजार खाली गरिएको हो ।
‘घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको छ । दिउँसोसम्म पानि त् पास बहीरहेको खोलाबाट भर्खरै (८:१० बजेतिर)को फेरी पहिरो झरेको छ त्यसले के गर्यो अझै एकिन भएको छैन,’ उनले भने ।
नदी पहिरोले थुनिएपछि चामे बजारमा सूचना प्रवाह गरी बस्ती खाली गराइएको बोहोराले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।