काठमाडौं– आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि आज ५ बजेसम्म बुझाइसक्नुपर्ने समानुपातिक उम्मेदवारको बन्द सूची दर्ता गर्न निर्वाचन आयोगको कार्यालयमा दलहरु प्रयासरत छन्। हालसम्म कांग्रेस, एमाले र माओवादी लगायतका ठूला दलको सूची दर्ता भएको छैन।
निर्वाचन आयोगले ५ बजेको समय तोकेता पनि दलहरुले ढिला गरेका कारण तोकिएको समयभन्दा ढिलासम्म काम भइरहेको निर्वाचन आयोगले बताएको छ।
४ बजेसम्म ५१ राजनीतिक दलहरुको सूची दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। अन्य दलहरु पनि आयोगमा अाइसकेका कारण उनीहरुको पनि सूची दर्ता हुने उनले बताए।
समानुपातिकतर्फ ८८ वटा दलहरु निर्वाचन आयोगमा दर्ता भइ चुनाव चिह्न लिएका थिए।
मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।