काठमाडौं– बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो।
महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ। मंगलबार सुन तोलाको ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदी तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७ सय ७५ रुपैयाँ थियो।
केही दिनयता सुनचाँदीको मूल्य सामान्य उतारचढावमा सीमित रहँदै आएको छ। गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ४ सय ४७ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।