• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा

64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०८३  १८:१४
1140x725

काठमाडौं– अमेरिकाबाट आएको एउटा गम्भीर सुरक्षा चेतावनीले दक्षिण एसियामा आतंकवादको पुरानो अध्याय फेरि बल्झिन सक्ने संकेत गरेको छ। ९/११ आतंकवादी हमलाको २५ वर्षपछि अफगानिस्तानमा अल–कायदा र अन्य उग्रवादी समूहले पुनः प्रशिक्षण केन्द्र सञ्चालन गर्न थालेको दाबी गरिएको छ।

द वासिङ्टन पोस्टको रिपोर्टअनुसार सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि उत्पन्न सुरक्षा शून्यताको फाइदा उठाउँदै अल–कायदा तथा त्यससँग जोडिएका समूहले पछिल्ला तीन वर्षमा अफगानिस्तानमा कम्तीमा आठ वटा प्रशिक्षण केन्द्र स्थापना गरेका छन्।

संयुक्त राष्ट्रसंघका अनुगमनकर्ता तथा पश्चिमी देशका गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा ती केन्द्रहरूमा हतियार, विस्फोटक, गुरिल्ला युद्धसँगै इन्क्रिप्सन, ड्रोन र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता आधुनिक प्रविधिको प्रयोगसम्बन्धी प्रशिक्षण दिइने उल्लेख छ।

रोचक पक्ष के छ भने मुख्य अल–कायदामा अहिले करिब १०० जना मात्रै लडाकु रहेको अनुमान गरिएको छ। तर संगठन प्रत्यक्ष रूपमा ठूलो आक्रमण गर्ने शक्तिभन्दा अन्य उग्रवादी समूहलाई तालिम, सल्लाह र प्राविधिक सहयोग उपलब्ध गराउने नेटवर्कका रूपमा सक्रिय हुँदै गएको सुरक्षा अधिकारीहरूको आकलन छ।

पुरानो नेटवर्क, नयाँ प्रविधि

अफगानिस्तानमा अल–कायदाको पुनः सक्रियताले भारतका लागि सबैभन्दा ठूलो चिन्ता केवल प्रशिक्षण शिविर पुनः सञ्चालन हुनु होइन। ती शिविर वरपरको भूगोल, नेटवर्क र क्षेत्रीय वातावरण विगतका आतंकवादी गतिविधिसँग मिल्दोजुल्दो देखिनु हो।

रिपोर्टअनुसार अल–कायदासहित अन्य उग्रवादी समूहले पनि नयाँ प्रशिक्षण केन्द्र स्थापना गरेका छन्। यसले अफगानिस्तानका ३४ मध्ये कम्तीमा १४ प्रान्तमा इस्लामिक उग्रवादी समूहलाई आफ्नो प्रभाव विस्तार गर्ने अवसर दिएको छ।

भारतका लागि यो चेतावनी नयाँभन्दा पनि पुरानो खतराको नयाँ संस्करणजस्तो देखिन्छ। सन् १९९० र २००० को दशकमा भारतले सामना गरेको आतंकवादी हिंसाको ठूलो हिस्सा दक्षिण एसियाली जिहादी नेटवर्कसँग जोडिएको थियो। अहिले त्यही नेटवर्कले आधुनिक प्रविधि र नयाँ संरचनासहित पुनः आकार लिन सक्ने चिन्ता बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अल–कायदाको इतिहासमा पाकिस्तानको छाया

अल–कायदाको इतिहास हेर्दा अफगानिस्तानसँगै पाकिस्तानको भूमिकालाई अलग गर्न कठिन देखिन्छ।

९/११ आयोगको प्रतिवेदनअनुसार सन् १९९३ मा वर्ल्ड ट्रेड सेन्टरमा भएको बम विस्फोटका योजनाकार रमजी युसुफको पाकिस्तानमा खालिद शेख मोहम्मद (केएसएम) सँग भेट भएको थियो। पछि यही केएसएम ओसामा बिन लादेनसँग सम्पर्कमा पुगे र ९/११ हमलाको योजनासँग जोडिए।

अल–कायदाका अन्य प्रमुख नेताहरू पनि पाकिस्तानमै पक्राउ परेका थिए। अबु जुबैदा सन् २००२ मा पाकिस्तानमा पक्राउ परे भने केएसएमलाई सन् २००३ मा रावलपिन्डीबाट पक्राउ गरिएको थियो।

Xtrem

Xtrem

सबैभन्दा चर्चित घटना भने ओसामा बिन लादेनको हो। अमेरिकाले उनलाई अफगानिस्तानको दुर्गम गुफामा होइन, पाकिस्तानको एबटाबादमा फेला पारेको थियो। पाकिस्तानको प्रमुख सैन्य प्रतिष्ठानबाट केही दूरीमै रहेको परिसरमा लुकेर बसेका बिन लादेनलाई अमेरिकी सेनाले सन् २०११ को मेमा कारबाही गरी मारेको थियो।

भारतको प्रश्न– पाकिस्तान किन सधैं छायामा?

यही इतिहासका कारण अफगानिस्तानमा अल–कायदाको पुनः सक्रियताको खबरले भारतमा नयाँ बहस जन्माएको छ।

अमेरिकाले आतंकवादविरुद्धको अभियानमा अफगानिस्तानलाई केन्द्रमा राख्दै आएको भए पनि पाकिस्तानजस्ता देशको भूमिकामाथि त्यति कठोर निगरानी र दबाब किन नदेखिने भन्ने प्रश्न भारतले लामो समयदेखि उठाउँदै आएको छ।

अफगानिस्तान पाकिस्तान, इरान, तुर्कमेनिस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र चीनसँग जोडिएको छ। तर ऐतिहासिक रूपमा पाकिस्तान नै अफगानिस्तानलाई अरब सागर र बाहिरी विश्वसँग जोड्ने प्रमुख दक्षिणी मार्ग रहँदै आएको छ।

अफगान जिहाददेखि अन्तर्राष्ट्रिय आतंकवादी नेटवर्कसम्म पेशावर, कराची र पाकिस्तानका आदिवासी क्षेत्रहरूले पटक–पटक महत्वपूर्ण भूमिका खेलेका छन्।

यसको अर्थ पाकिस्तान हुँदै जाने हरेक आतंकवादी गतिविधिका लागि पाकिस्तान नै जिम्मेवार हो भन्ने होइन। तर दक्षिण एसियामा फैलिएको जिहादी नेटवर्कको इतिहासमा पाकिस्तानलाई अलग गरेर कथा पूरा नहुने तथ्य भने विभिन्न घटनाले देखाएका छन्।

२६/११ देखि संसद् हमलासम्म

भारतले सन् १९९३ को मुम्बई बम विस्फोट, सन् २००१ को भारतीय संसद् हमला र सन् २००८ को मुम्बई हमला अर्थात् २६/११ लाई दक्षिण एसियामा लामो समयदेखि चलिरहेको आतंकवादी सञ्जालको हिस्सा मान्दै आएको छ।

विशेषगरी २६/११ का आतंकवादीहरू कराचीबाट समुद्री मार्ग हुँदै भारत प्रवेश गरेका थिए। उनीहरूले भारतीय माछा मार्ने डुंगा नियन्त्रणमा लिएर मुम्बई पुग्दै ठूलो आतंकवादी हमला गरेका थिए।

अमेरिकी अधिकारीहरूले समेत उक्त हमलामा लस्कर–ए–तैयबाको भूमिका औंल्याएका थिए। तर हमलाका मुख्य योजनाकारलाई कानुनी कठघरामा ल्याउने विषयमा पाकिस्तानमाथि दबाब अपेक्षाकृत सुस्त रहेको भन्दै भारतले निरन्तर असन्तुष्टि जनाउँदै आएको छ।

लस्कर–ए–तैयबा आफैंको सुरुवाती इतिहास पनि अफगानिस्तानसँग जोडिन्छ। सन् १९८६ मा अफगानिस्तानको कुनार प्रान्तमा स्थापना भएको यो संगठनले पछि आफ्नो ध्यान भारतकेन्द्रित आतंकवादी गतिविधितर्फ मोडेको थियो।

अझ महत्वपूर्ण कुरा, अल–कायदाका वरिष्ठ सदस्य अबु जुबैदा पाकिस्तानको फैसलाबादस्थित लस्कर–ए–तैयबाको सुरक्षित आश्रयस्थलबाट पक्राउ परेका थिए। यसले दुवै आतंकवादी नेटवर्कबीच कम्तीमा केही तहमा सञ्चालनगत सम्बन्ध रहेको आशंकालाई थप बल दिएको थियो।

अबको खतरा के?

अफगानिस्तानमा पुनः प्रशिक्षण केन्द्र विस्तार हुँदै जानु केवल अफगानिस्तानको आन्तरिक सुरक्षा समस्या होइन। यसले पाकिस्तान हुँदै दक्षिण एसियाका अन्य मुलुकसम्म पुराना आतंकवादी नेटवर्क पुनः सक्रिय हुने जोखिम बढाउन सक्छ।

अझ चिन्ताजनक पक्ष भनेको पुरानै सञ्जालले ड्रोन, इन्क्रिप्सन, एआई र आधुनिक सञ्चार प्रविधि जस्ता नयाँ साधन प्रयोग गर्न सिक्नु हो।

त्यसैले अफगानिस्तानमा अल–कायदाको पुनरुत्थानलाई केवल एउटा आतंकवादी संगठनको पुनःउदयका रूपमा हेर्नुभन्दा पुरानो आतंकवादी नेटवर्कले नयाँ प्रविधि र नयाँ भूराजनीतिक वातावरणमा पुनः आकार लिँदै गरेको संकेतका रूपमा हेर्नुपर्ने विश्लेषण हुन थालेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्