काठमाडौं– सरकारले विनोद कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गरेको छ।
मन्त्रिपरिषद्को बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताका आधारमा कुँवर र खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले दुवै जनालाई वरिष्ठताका आधारमा सचिवमा बढुवा गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।