जुम्ला– जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महिनाका लागि उडान सेवा बन्द हुने भएको छ।
_x000D_
_x000D_
विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि स्तरोन्नति गर्ने कार्य भइरहेको छ। स्तरोन्नति छिटो सिध्याउन बिहीबारदेखि उडान बन्द गर्ने निर्णय गरिएको शर्माले बताए।
_x000D_
_x000D_
यहाँ तारा, सीता, समिट र नेपाल वायुसेवा निगमको जहाजले उडान भर्दै आएका छन्। विमानस्थलको धावनमार्ग र ह्याङ्गरतर्फ पहिला गरिएको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्न लागिएको हो।
_x000D_
_x000D_
दसैं, तिहारमा उडान सेवा बन्द गर्न नहुने भए पनि मौसमको अनुकूलताले बन्द गर्नुपरेको प्रमुख शर्माले जानकारी दिए। चापका समयमा विमानस्थल बन्द भएकामा गुनासो गर्दै स्थानीयवासीले छिटो काम सक्न माग गरेका छन्।
_x000D_
_x000D_
स्तरोन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नतिमा ढिलाइ नहुुने बताइएको छ। मङ्सिर–पुसमा चिसोले कालोपत्र गर्न नसकिने भएकाले कात्तिकभित्रै काम सक्ने गरी तयारी भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।