काठमाडौं– ८५ जना केन्द्रिय सदस्य लिएर राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) मा प्रवेश गरेका राप्रपा (राष्ट्रवादी) का सह–अध्यक्ष केशरबहादुर बिष्टले राप्रपा प्रजातान्त्रिकमा बरिष्ठ उपाध्यक्षको पद पाएका छन्।
राप्रपा प्रजातान्त्रिकमा बिष्ट समूहका १ सह–अध्यक्ष, १ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री र ३ सहायक महामन्त्री प्रवेश गरेका छन्। यस्तै, राजनैतिक समितिको सभापतिमा घनश्याम गिरी पनि प्रवेश गरेका हुन्।
उपाध्यक्षमा विष्णुप्रसाद भट्टराई, महामन्त्रीमा मिरा राणा र रामु राई पनि राप्रपा प्रजातान्त्रिकमा समावेश भए। सह–महामन्त्रीमा रुपा सिं थापा, श्याम केसी, तारक केसी, तराबहादुर बस्नेत, खड्गबहादुर शाह र सहायक महामन्त्रीमा श्याम थापा, किशोर गुरुङ, प्रकाश सुवेदी पनि समावेश भएका थिए।
शनिवार दिउँसो राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा राष्ट्रवादी समूहका नेताहरुलाई फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए। बिहान पार्टी अध्यक्ष प्रकाशचन्द्र लोहनीसँग पार्टी एकीकरण गर्ने विषयमा लामो वहस भएको थियो। तर, लोहनीले पार्टी अध्यक्षमा आफ्नो दाबी कायम राखेपछि सम्झौता हुन सकेन्। यद्यपि लोहनीलाई छोडेर बिष्ट प्रजातान्त्रिकमा समावेश भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।