काठमाडौं - रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिक भएको छ। सबैगरी ५५ जनाको आवेदन परेको थियो ।
तीमध्येबाट प्रस्तुति र कार्ययोजना अनुसार सूची निर्माण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ताका लागि प्रत्येक प्रतिष्ठान मध्ये ६–६ जनालाई सटलिस्टमा राखेको छ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरण साउन २२ र २३ गते तोकिएको छ । जसमा पाटनको २२ गते बिहान ९ बजे र पोखराको दिउँसो २ बजे अन्तर्वार्ता समय तोकिएको छ
कर्णालीको २३ गते बिहान ९ बजे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिउँसो २ बजे अन्तर्वार्ता हुँदैछ ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।