काठमाडौं- विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोहेलोको पछिल्लो पुस्तक 'हिप्पी'को नेपाली संस्करण फाइनप्रिन्टले प्रकाशन गर्ने भएको छ।
_x000D_
_x000D_
जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो– हिप्पी। 'बोके' लामो दाह्री पालेको पाउलोले यम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी ट्रेल पछ्याउँदै काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन्। उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर। अनि सुरु हुन्छ, उनीहरुको जीवन परिर्वतन गर्ने प्रेमकथा।
_x000D_
_x000D_
विश्वव्यापी रुपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनूदित भएको 'द अल्केमिस्ट'का लेखक हुन, कोहेलो। उनलाई प्रतिनिधित्व गर्ने लिटरेरी एजेन्सी सन्ट जोर्डीकी निर्देशक मोनिका अन्ट्युन्सले भनेकी छन्, 'सन्ट जोर्डीमा काम गर्ने हाम्रा लागि पाउलो कोहेलोको लिटरेरी एजेन्ट हुनुको सबैभन्दा राम्रो पक्ष उनका असाधारण पुस्तक थुप्रै भाषामा छापिने र पढिनेछन् भन्ने थाहा पाउनु हो। फाइनप्रिन्टले प्रकाशन गर्ने हिप्पीको नेपाली संस्करणबारे हामी अति उत्साहित छौं।'
_x000D_
_x000D_
हिप्पीको नेपाली अनुवाद अधिकार पाएको प्रकाशन गृह फाइनप्रिन्टका सिइओ नीरज भारीले स्थापनाकालदेखि नै 'माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म', 'खबुज', 'मोहनदास', 'नेलकटर', 'गणतन्त्रको संघर्ष' र 'मेरो भूमि', 'मेरो जनता' जस्ता अनुवादहरु छाप्दै आएको बताए।
_x000D_
_x000D_
'सत्तरीको दशकमा युरोपबाट काठमाडौं आउने हिप्पी ट्रेलको पृष्ठभूभिमा लेखिएको हुनाले यो उपन्यासको नेपाली अनुवाद छाप्न अझ उत्साहित भएका हौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।