काठमाडौं– उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्नबाट सहभागी हुन चाहनेलाई उम्मेदवारी आह्वान गरेको छ ।
यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए ।
रास्वपासँग एकताको सहमति गरेको उज्यालो नेपाल पार्टीले शनिबार एकता भाँडिएपछि यस्तो आह्वान गरेको हो ।
समानुपातिकतर्फ भने यो पार्टीबाट सहभागीता नहुने भएको छ । आयोग पदाधिकारीका अनुसार, समसीमाभित्र आएको सूची फिर्ता भइसकेको र अहिलेको अवस्थामा सो पार्टीका सदस्यहरू रास्वपाको सूचीमा देखिएको छ ।
जस अनुसार, उनीहरू समानुपातिकमा छुट्ने देखिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।