काठमाडौं– राष्ट्रिय सभाको निर्वाचनमा तीन दलबीच चुनावी तालमेल भएको छ।
सीट संख्यामा असहमति जनाउँदै नेपाली कम्युनिस्ट पार्टी बाहिरिएपछि कांग्रेस, एमाले र जसपाबीच तालमेल भएको हो।
कांग्रेसले ९ र एमालेले ८ सीट र जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन्।
कांग्रेसले ९ सीटमा कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।
यस्तै, एमालेले पाएके ८ सीटका लागि कोशी प्रदेशमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।