सप्तरी– राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकारिणी सदस्य एवं पूर्व उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
सप्तरीको निजी निवासमा आज बिहान उनको निधन भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले बताए ।
राष्ट्रिय मुक्ति पार्टीको थारु राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरी २०७४ मा सप्तरीबाट चुनाव जितेर ऊर्जा राज्यमन्त्री भएका थिए ।
यसपटक पनि नेता चौधरी फागुन २१ गते हुने चुनावमा सप्तरी–३ बाट लड्ने तयारीमा थिए । उनको नाम पनि सप्तरीबाट सिफारिस भएको थियो । पार्टीले उनलाई उम्मेदवार बनाउने तयारी पनि गरिसकेको तर अचानक आज उनको निधन भएको महासचिव मेहताले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।