काठमाडौं – काठमाडौँको शंकरापुर नगरपालिका-३ स्थित जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि जम्मा मृतकको संख्या ५ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए ।
यसअघि बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।
नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कँदा बस दुर्घटनामा परेको थियो ।दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।