काठमाडौं– नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वीरुकुमबाट चुनाव लड्ने भएका छन्।
रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताए।
‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’
उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दु:ख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए ।
उनले भने, ‘तपाईँहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईँहरूको दुख, सुख र विकास निर्माणको काममा बढी साथ रहनेछु।
उनले शिक्षा, स्वास्थ्य, सडकलगायत आवश्यक पूर्वाधार निर्माणमा लाग्ने बताए। रुकुम पूर्व नेकपा (तत्कालीन माओवादी)को गढ मानिन्छ। गएको निर्वाचनमा माओवादीबाट पूर्णबहादुर घर्ती भारी मतले विजयी भएका थिए।
उनले ०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा २ बाट जितेका थिए।
०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौं १० र सिराहा ३ बाट उठेको भए पनि काठमाडौंमा हारेर सिराहाबाट जितेका थिए।
०७४ को निर्वाचनमा पुग्दा पार्टीलाई एमालेमा गाभेर चितवन ३ बाट निर्वाचित भए।
तर ०७९ को निर्वाचनमा चितवन ३ पनि छाडेर गोरखा २ पुगे। त्यहाँ जनयुद्धका सहयात्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको साथ पाउँदा जित निकालेका थिए।
यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन । उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।