• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’

64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०८१  १३:२७
1140x725

काठमाडौं – नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ । लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर्दैछ ।
यो नवीन स्वरुपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीहरुले संयुक्त रुपमा गरेका हुन् । नेपथ्यसँग केही वर्षयता सहयात्रा गर्दैआएका भिडियोग्राफर दिपित राजले गत वर्ष नेपाल र अमेरिकामा आयोजित नेपथ्य कन्सर्टका दृश्यबाट सवा चार मिनेट लामो यो भिडियो तयार पारेका हुन् । गीतलाई नयाँ स्वरुपमा भने ब्यान्ड स्वयंले ढालेर केही समययता कन्सर्टहरुमा गाउँदै आएको छ ।  

भर्खरै बजारमा उपलब्ध नेपथ्य ब्याण्डको जीवनीमा यस गीतको रोचक पृष्ठभूमि पनि पढ्न सकिन्छ । नेपथ्यका संस्थापकद्वय अमृत गुरुङ र दिपकजङ्ग राणा कुनै समय पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्थे ।

एक दिन सङ्गीत जानेका दुई जना ‘गोरा’ उनीहरूको स्कुलमा आइपुगे । हिप्पीजस्ता ती गोराले स्कुलमा सांस्कृतिक कार्यक्रम गर्ने भए । साथमा जादु र चटक पनि देखाउने भनिएको थियो । कार्यक्रमका निम्ति तोकिएको ‘डाइनिङ हल’ मा विद्यार्थीको भिड लाग्यो । त्यो दिन उनीहरूले थुप्रै गीत सुनाए । तीमध्ये धेरैजसो अङ्ग्रेजी थिए । एउटा भने सङ्कलन गरिएको नेपाली लोकगीत थियो ।

त्यो गीत सुनाइरहँदा अर्कै कुराले रमाइलो हुन पुग्यो । ती गोराहरूले गितार बजाउँदै उनीहरूको लबजमा ‘दाइको मन कस्तो’ उच्चारण गर्न खोज्थे, जुन ‘डाइको मन क्यास्टो’ सुनिन्थ्यो । यसरी जिब्रो चिप्लिँदा विद्यार्थीहरू खुबै स्वाद मानेर रमाउँथे । कतिसम्म भने गण्डकी बोर्डिङका केटाहरू पछिसम्मै ‘बहिनी त कस्तो राम्रो’ भन्नुपर्दा ‘क्यास्टो राम्रो’ भन्थे । जिब्रो र मस्तिष्कलाई प्रभाव पारेको त्यस गीतको सम्झना दीपक र अमृतको स्मृतिमा ताजै थियो ।

कालान्तरमा उनीहरूले खोलेको ब्यान्डको दोस्रो एल्बममा सम्झनाबाट निकालेर यो गीतलाई फेरि पस्कने मात्र नभई त्यस एल्बमको नामकरण यसै गीतबाट हुनपुगेको थियो । नेपथ्यको दोस्रो एल्बम ‘हिमाल चुचुरे’ सन् १९९४ मा तयार भएको थियो ।

nimb
nimb
Ncell 2
Ncell 2

‘हिमाल चुचुरे गीतलाई सुरुमा बिग्रिएको जिब्रो अनुसारै क्यास्टो भनेर रेकर्ड गर्ने चाहना थियो,’ संस्थापक एवं गायक अमृत भन्छन्, ‘तर साथीहरूमा मत नमिलेपछि अलिक मिलाएरै तयार पारेका थियौं ।’ स्कुल जीवनमा प्रभाव पारेको त्यो गीतले यसरी समयसँगै चोला फेर्दै गएको देखेर आफूलाई पनि खुसी लागेको अमृत सुनाउँछन् ।

‘नयाँ पुस्ताको रुचिअनुसार नौला गीतहरू नेपथ्यले सदैव सुनाउँदै आएको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्ने नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ कुनै कालखण्डमा ब्यान्डले नै गाएको पुरानो गीतलाई पनि नयाँपन दिँदा त्यस्ता रुचिको सम्बोधन हुन सक्ने आँकलन गरेरै यो गीत यस रुपमा पुनः प्रस्तुत गरेका हौं ।’

भर्खरै तयार पारिएको यो म्यूजिक भिडियोलाई नेपथ्यको अफिसियल युट्युब च्यानलबाट देख्न सकिन्छ । नेपथ्यको आधिकारिक युट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ । युट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध हुनेछन् ।

भिडियोः

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै कांग्रेसको देउवा समूह अदालत जाने
१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण
२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी
सम्बन्धित सामग्री
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासनालाई टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन श... आइतबार, साउन ३१, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
१५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै कांग्रेसको देउवा समूह अदालत जाने बुधबार, भदौ ३, २०८३
१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण बुधबार, भदौ ३, २०८३
२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी बुधबार, भदौ ३, २०८३
सुनको मूल्य घट्यो बुधबार, भदौ ३, २०८३
चिकित्सकको काम गर्ने अवधि, भत्ता र चिकित्सा शिक्षाको गुणस्तरबारे सरकारको चासो बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
फेरि पक्राउ पर्ने त्रासबीच पत्रकार किशाेर श्रेष्ठ रिट लिएर,पुगे उच्च अदालत, के गर्ला प्रहरी? मंगलबार, भदौ २, २०८३
३५० को सामान किन्दा १० लाख जित्ने पुडासैनी, १ लाख क-कसले जिते ? मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्