• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

64x64
रासस सोमबार, कात्तिक २६, २०८१  ०७:३७
1140x725

काठमाडौँ- २६ वर्षअघिको कुनै दिन। सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा पर्‍यो। जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो। कुन रोज्ने, कुन छोड्ने? गीत छनोटमा उनी दुविधामा परे। तिनै रचनामध्ये, ‘हङकङ पोखरा, निर्मोही आफ्नो को छ र’ बोलको गीतमा गायक श्रेष्ठको नजर पर्‍यो। 

सोही गीत छनोट गरी गाए। जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त गर्‍यो। उक्त गीत हालसम्म पनि स्रोतामाझ उत्तिकै लोकप्रिय छ। श्रेष्ठ भन्छन्, ‘ऊ बेला काँचै उमेरको थिएँ। विदेशिनु के हो थाहा थिएन। ख्यालख्यालैमा रोजेर गाएको गीत अहिलेसम्म सदावहार छ।’ 

श्रेष्ठले कन्दरा ब्यान्डका हरेक गीतमा यस्तै कथा र व्यथा समेटिएको बताए। नोस्टाल्जिक हुँदै उनले भने, ‘आफैँ विदेशिएपछि मात्रै यो गीतको मर्म महसुस गरेँ।’

युवा विदेशिनुको घाउ दिनानुदिन चर्कँदै छ। यस गीतको लोकप्रियता युवा माझ कति थियो भन्ने कुरा गत शनिबार मात्रै ठमेलस्थित एलओडी क्लबमा कन्दरा व्यान्डको कन्सर्टमा झल्कियो। ३२ वर्ष पुरानो यो ब्यान्डको ओझले दर्शक तानिएकै थिए। जब ‘हङकङ पोखरा’ गीत गायक विवेक श्रेष्ठले गाए, त्यसपछि दर्शकको उत्साहको सीमा रहेन। ‘वान्समोर’सँगै विवेकले त्यही गीत दोहोर्‍याएर गाउन बाध्य भए।

‘विदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जीउ त हैन ढुङ्गाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा निर्माही आफ्नो को छ र?’

Ncell 2
Ncell 2

गायक श्रेष्ठले युवाको मन छुने गीतमध्ये यो निकै रुचाइएको बताए। विभिन्न कन्सर्टहरुमा प्रायः यही गीतको फर्माइस हुन्छ। विदेशमा होस् या स्वेदशमा, हङकङ पोखरा रोजाइमा पर्छ। ‘यो गीत मनपराउनुको खासियत प्रष्ट छ’, श्रेष्ठ भन्छन्, ‘दिन प्रतिदिन युवाहरु पलायन हुने क्रम बढ्दो छ। यो गीतमा आफ्नै कथा पाउँछन्। त्यसैले रुचाइएको हुनुपर्छ।’ हङकङ पोखराले समाजको जीवन्तता समेटे जस्तै कन्दरा ब्यान्डको इतिहास पनि रचेको छ। 

सन् १९९० को प्रारम्भमा पोखरामा स्थापित कन्दरा ब्यान्डले निरन्तर पप र आधुनिक गीत सङ्गीतको फ्युजनमार्फत युवा माझ बेग्लै छाप छोड्न सफल भएको छ। वर्ष गाँठको अवसरमा ब्यान्डले पहिलो पटक काठमाडौँमा कन्सर्ट गरेको गायक श्रेष्ठले बताए। ‘कन्दराका यस्ता अरु गीत पनि छन्, जुन सधैँ ताजा र जवान छन्‘, उनले भने, ‘नेपाली माटोका सुगन्ध समेटिएका गीत भएकाले स्रोताले हामीलाई अझै उत्तिकै माया गरिरहेका छन्।’ यिनै कथा व्यथाको उत्सव मनाउन यति बेला कन्दरा व्याण्डले ३२ वर्षपछि वार्षिक उत्सव मनाएको श्रेष्ठले बताए।

कन्दराका गायक विवेक श्रेष्ठसहित गितारमा देव लामा, बेसिस्टमा पंकज झा, ड्रमरमा सुनिल थापा, मादलमा अविनाश गायक र किबोर्डमा नील घतानी मञ्चमा प्रस्तुत भएका थिए। कन्दराले ‘तगारोमा रुमाल राखी बाटो छेकिन उनले’, ‘तिमी परी’, ‘लेककी हे माया’, ‘विदेशिएर गइन् उनी’, ‘हङकङ पोखरा’ जस्ता चर्चित गीत प्रस्तुत गरेको थियो। 

आफ्ना गीतसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेर लगायतका पाका पुस्ताका गीतसमेत प्रस्तुत गरेको थियो। वार्षिक उत्सव मनाउने क्रममा कन्दराले विश्वव्यापी अभियान स्वरुप ‘पहिले घर देश, अनि परदेश’ साङ्गीतिक यात्रा सुरु गर्न लागेको हो। यो अभियान नेपाली सङ्गीतलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गर्ने उद्देश्य रहेको गायक श्रेष्ठले बताए।

उनका उनका अनुसार नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
ग्रीनल्याण्ड विवादले अमेरिका-युरोप सम्बन्ध तनावपूर्ण शनिबार, माघ १०, २०८२
मुम्बईमा गोली चलाएको आरोपमा अभिनेता केआरके पक्राउ शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्