काठमाडौं- लगानी बोर्डले करीब १४ अर्ब रुपैयाँ लगानीको होटल खोल्न स्वीकृति दिएको छ। बोर्डको मंगलबार बसेको बैठकले काठमाडौंको थानकोट, भक्तपुर र पोखरा गरी तीन स्थानमा चेन होटल विस्तार गर्नेगरी आएको लगानी प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको हो।
जापान क्लब इन्टरनेसनलले १३ अर्ब ९० कराेड लागानीमा होटल निर्माणको लागि गरेको प्रस्ताव पेश गरेकाे थियो।
त्यस्तै, ठूला उद्योग परियोजनाका लागि आवश्यक पर्ने पहुँचमार्ग, ट्रान्समिसन लाइन, पुल लगायतका पूर्वाधार सम्बन्धित लगानीकर्ता कम्पनीले नै बनाउने र उसले सरकारलाई तिर्नुपर्ने कर दायित्वबाट साे हिसाब मिलान गर्ने सम्बन्धमा कार्यविधि बनाउने निर्णय पनि बोर्डले गरेको छ।
लगानी बोर्डकाे बैठकपश्चात् जारी विज्ञप्ति:

याे पनि पढ्नुहाेस्
अागामी मार्चमा लगानी सम्मेलन गर्ने लगानी बोर्डको निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।