काठमाडौं– सरकारले आगामी मार्चमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ। लगानी बोर्डको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
विश्व बैंकका प्रमुख आउने मिति पारेर उक्त सम्मेलन गर्ने निर्णय भएको हो।
त्यस्तै, पश्चिम सेती जलविद्युत आयोजनाको 'मोडालिटी' तयार गर्न उच्चस्तरीय ‘टास्क फोर्स’ गठन गर्ने निर्णय पनि बोर्डले गरेको छ। चिनियाँ कम्पनीले हात झिकेपछि आयोजना निर्माणका लागि 'मोडालिटी' तयार गर्न उक्त 'टास्क फोर्स' गठन गर्ने निर्णय गरिएको हो।
लगानी बोर्डकाे बैठकपश्चात् जारी विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।