काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज अमेरिकाको न्यूयोर्कमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंले जानकारी दिए।
प्रधानमन्त्रीको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक UN Web TV बाट प्रत्यक्ष प्रसारण हुनेछ। महासभामा वक्ताहरूको क्रमअनुसार सम्बोधनको समय केही अगाडि वा पछाडि हुन सक्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।