complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?

64x64
नेपाल लाइभ बिहीबार, असोज ८, २०८३  २०:५१
1140x725

काठमाडौं– देशभर भइरहेको वर्षाका कारण बाढी, पहिरो, डुबान तथा अन्य विपद्को जोखिम बढेपछि सरकारले नागरिकको धनजन जोगाउन उच्च सतर्कताका साथ पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार अहिले संघीय सरकारका मन्त्रालयदेखि स्थानीय तहसम्मका निकायहरूलाई तयारी अवस्थामा राखिएको हो।

कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन्।

उनले विपद्पछिको प्रतिकार्यमा स्थानीय तहले आफ्नो स्रोतसाधन परिचालन गर्न कुनै कञ्जुस्याइँ नगर्नसमेत आग्रह गरेका छन्।

७७ जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा

गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै जिल्ला सुरक्षा समितिको बैठकमार्फत आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

सोहीअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सम्भावित उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएको छ।

नदी तथा खोलाका तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई जोखिमबारे सचेत गराउने काम भइरहेको छ। जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकता हेरी सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अस्पताल, एम्बुलेन्स तथा स्वास्थ्य केन्द्रहरूलाई पनि आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राखिएको छ।

पर्यटकको सुरक्षामा पनि विशेष ध्यान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मौसमका कारण जोखिममा पर्न सक्ने पर्यटकलाई सुरक्षित स्थानमा सार्न र आवश्यक सहजीकरण गर्न होटल व्यवसायीलाई आग्रह गरेको छ।

मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार उडानलाई प्राथमिकता दिने व्यवस्था मिलाउनसमेत भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

असोज ९ देखि ११ सम्मका परीक्षा स्थगित

शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बन्द गर्न सकिने व्यवस्था गरेको छ।

भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने तय भएका परीक्षा स्थगित गर्नसमेत सहजीकरण गरिएको छ।

त्यस्तै, सुरक्षित विद्यालय भवनलाई आवश्यकता परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहसँग समन्वय गरिएको छ।

अस्पतालमा २४ घण्टा जनशक्ति र औषधि तयारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत अस्पतालहरूको तयारी बढाएको छ।

अस्पतालमा आवश्यक जनशक्ति, औषधि तथा एम्बुलेन्स सेवा २४ सै घण्टा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

सम्भावित विपद्का कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य संस्थालाई तत्काल सेवा दिन सक्ने अवस्थामा राखिएको हो।

खाद्यान्न र इन्धनको कृत्रिम अभाव रोक्न बजार अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई खाद्यान्न तथा इन्धनको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको छ।

विपद्का बेला आपूर्ति प्रणाली प्रभावित हुन सक्ने भएकाले नियमित वितरण सुनिश्चित गर्नसमेत भनिएको छ।

साथै, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने गतिविधि रोक्न बजार अनुगमनलाई तीव्र पारिएको छ।

नदीमा पाँच दिनअगावै बाढीको सूचना

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाएको छ।

प्रमुख नदीहरूमा सम्भावित बाढीबारे पाँच दिनअगावै जानकारी पाउने व्यवस्था मिलाइएको छ भने साना नदीहरूका लागि ४८ घण्टा अगावै पूर्वसूचना प्राप्त हुने व्यवस्था गरिएको छ।

यसले जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न तथा स्थानीय तहलाई आवश्यक तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले बाढी तथा वर्षाका कारण विद्युत् सेवा अवरुद्ध भए तत्काल पुनः सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखेको छ।

बालीनाली जोगाउन दैनिक कृषि मौसम बुलेटिन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मनसुनजन्य जोखिमबाट बालीनाली तथा कृषि उपजमा हुन सक्ने क्षति न्यूनीकरणका लागि दैनिक विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरिरहेको छ।

किसानलाई मौसमको अवस्था र सम्भावित जोखिमबारे जानकारी गराउने तथा त्यसअनुसार कृषि कार्य व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो बुलेटिन जारी गरिएको हो।

जोखिमयुक्त सडकमा राति सवारी सञ्चालनमा रोक

पूर्वाधार विकास मन्त्रालयले जोखिमयुक्त सडकखण्डमा तत्काल परिचालन गर्न सकिने गरी डोजर, एक्स्काभेटरलगायत भारी उपकरण तयारी अवस्थामा राखेको छ।

सडक अवरुद्ध भए चौबिसै घण्टा उपकरण परिचालन गरी सडक खुलाउने व्यवस्था गरिएको छ।

त्यस्तै, उच्च जोखिम भएका सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यसबाट बाढी, पहिरो तथा सडक भासिने सम्भावनाका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

७५३ स्थानीय तहका कर्मचारीलाई बिदा नबस्न निर्देशन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका कर्मचारीलाई असोज ११ गतेसम्म बिदामा नबस्न निर्देशन दिएको छ।

सम्भावित विपद्को समयमा स्थानीय सरकारको संयन्त्र तत्काल परिचालन गर्नुपर्ने भएकाले प्रमुख प्रशासकीय अधिकृतहरूलाई नियमित सम्पर्कमा रहनसमेत भनिएको छ।

यसले विपद् आइपरे स्थानीय तहबाटै तत्काल उद्धार, राहत तथा अन्य आवश्यक समन्वय गर्न सहज हुने अपेक्षा गरिएको छ।

मोबाइलबाटै बाढी र मौसमको सूचना

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको नेपाल टेलिकमले बाढीको जोखिम भएका क्षेत्रमा नियमित सचेतनामूलक सन्देश पठाइरहेको छ।

नागरिकले ११५५ मा डायल गरेर मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना लिन सक्ने व्यवस्था गरिएको छ।

सरकारले विपद्को समयमा नागरिकलाई आधिकारिक सूचना मात्र प्रयोग गर्न र जोखिमबारे जानकारी पाएपछि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

आपत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्न सकिने

सरकारले आपत्कालीन अवस्थामा तत्काल सम्पर्क गर्न सकिने विभिन्न नम्बरसमेत सार्वजनिक गरेको छ।

जल तथा मौसम विज्ञान विभाग : ११५५
जिल्ला आपत्कालीन केन्द्र : १२३४
हेलो सरकार : ११११
नेपाल प्रहरी : १००
सशस्त्र प्रहरी : १११४

सरकारले सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य विपद्बाट हुने क्षति कम गर्न संघ, प्रदेश र स्थानीय तहका सबै संयन्त्रलाई समन्वयात्मक रूपमा परिचालन गरेको जनाएको छ।

वर्षाको अवस्था थप गम्भीर बनेमा जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने, उद्धार तथा राहतलाई तीव्र बनाउने र अत्यावश्यक सेवा नियमित राख्ने गरी तयारी गरिएको सरकारको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन्। कांग्... बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्